जोडिनुहोस
  • होमपेज
  • साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

काठमाडौं। काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ। नेपाल र बंगलादेश समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन्।

दुवैले आआफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। आजको विजेताले समुह विजेता र उपविजेताको टुङ्गो लगाउने छ।

त्यस्तै समूह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन्। भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ। अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समूह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुङ्गो लाग्ने भएको छ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?