जोडिनुहोस
  • होमपेज
  • तनहुँ बस दुर्घटना, १० गोताखोर उद्धारका लागि परिचालन

तनहुँ बस दुर्घटना, १० गोताखोर उद्धारका लागि परिचालन

काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको आशंकापछि १० जना गोताखोर उद्धारका लागि परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ । अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका