जोडिनुहोस
  • होमपेज
  • मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ ।

पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ । हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुन नसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो बस्तीमाथि अड्किएको बताए । हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्ती भन्दा माथिको खोंचमा अड्किएको उनले जानकारी दिए । हिमपहिरोको जोखिम उच्च रहेकाले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले बताए । उनका अनुसार उक्त बस्तीमा ९ वटा घर छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत जुटेर बस्तीबासीलाई सुरक्षित स्थानमा सारेको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका