जोडिनुहोस
  • होमपेज
  • मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस

मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस

चितवन- मुग्लिङ-नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि शुक्रबार दिउँसो ढुंगो खसेको छ ।

पहराबाट खसेको ढुंगो लागेको बस अनियन्त्रित भएर एउटा यात्रु बस सडकमै पल्टिएको छ ।शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा उक्त बस पल्टिएको हो ।रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेपछि सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

करिब २५ जना यात्रु सवार रहेको उक्त बसमा पहराबाट झरेको ढुंगा बजारिएपछि चालक अत्तालिएका थिए, त्यहीकारण बस सडकमा पल्टिएको हो ।बस सडकमै पल्टिँदा त्यसमा सवार १९ जना यात्रु घाइते छन् । घाइतेको उद्धार गरी भरतपुरका अस्पतालहरूमा लगिएको रिजालले जानकारी दिए । घाइतेमध्ये ९ जनाको भरतपुर अस्पताल र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रिजालले बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका