जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • हुम्लाको चंखेलीमा तीन हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा

हुम्लाको चंखेलीमा तीन हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा

काठमाडौ—हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ सञ्चालनमा आएको छ ।

एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापित पुस्तकालयमा करिब ३,००० पुस्तकहरू छन्, जसमा साहित्य, राजनीति, बालसाहित्य, जीवनी लगायत विभिन्न विधाका पुस्तकहरू समावेश छन्। उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयमार्फत विद्यार्थीहरूमा अध्ययनशीलता र सामाजिक चेतना बढ्ने अपेक्षा व्यक्त गरे। उनले भने, “विद्यार्थीहरूले पढेनन् भने समाज बिग्रिन्छ, समाज बिग्रिए देश बिग्रिन्छ। त्यसैले सबै विद्यार्थी भाइबहिनीहरूलाई पुस्तक पढ्न आग्रह गर्दछु।”

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वशिक्षक कुलप्रसाद चौलागाईंले पुस्तकालय स्थापनालाई दुर्लभ अवसरका रूपमा व्याख्या गर्दै भने, “हामीले कथा–उपन्यास त टाढाको कुरा, पाठ्यपुस्तकसमेत सजिलै पढ्न पाएका थिएनौं। अहिले सामुदायिक पुस्तकालय स्थापना भएको छ, अब सबै विद्यार्थीले मन लगाएर पढ्नुपर्छ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढाले विद्यालयमा केही कमजोरीहरू रहेको स्वीकार गर्दै पुस्तकालयमार्फत शैक्षिक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।

गोविन्द गोडासैनी, एजुकेटिङ रिमोट एरियाज नेपालका सह–संयोजकले भने, “कर्णालीका विद्यार्थीमा किताब पढ्ने र पुस्तकालय जानेलाई प्राथमिकता दिने संस्कार कम देखिन्छ। तर, यो विद्यालयका विद्यार्थीहरूले भने राम्रो उदाहरण पेश गर्ने विश्वास लिएका छौं।  कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिर्खबहादुर सिंह, वडा नम्बर ३ का सदस्य कुलप्रसाद चौलागाईं, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाहरूको उपस्थित रहेको थियो।