जोडिनुहोस
  • होमपेज
  • हिमताल फुट्नबाट जोगाउन सकिन्छ : सांसद गौतम

हिमताल फुट्नबाट जोगाउन सकिन्छ : सांसद गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

समयमा नै ध्यान दिइए हिमताल जोगाउन सकिने उनले उल्लेख गरे । उनले त्यसको जोखिम कम गर्न सकिने बताए । “हिमताल जोगाउन सकिन्छ । फुट्नबाट जोगाउन सकिन्छ । जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्न सक्ने व्यक्तिहरूले नेतृत्व गर्नुपर्छ,” उनले भने ।

सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आमनागरिकमा त्रास फैलिएको उनले सुनाए । अझै ६ हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने उनको भनाइ थियो । “सोलुमा हिमताल फुट्यो, नोक्सान भयो । श्रद्धाञ्जली दिनेभन्दा केही गर्न सकिएन,” उनले भने, “६ वटा ताल तुरुन्तै फुट्नेवाला छ । आतंकित बनाएको छ त्यहाँ । तर, त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खाली समयमा मसँग भेट गरौँला ।”

नेपालमा प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको पनि उनले बताए । “नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ,” उनले भने, “सडक दुर्घटना बढ्यो । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ, निर्माणको कारणले होइन ।” न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका