जोडिनुहोस
  • होमपेज
  • बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या बढ्दैन: मुख्यमन्त्री कार्की

बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या बढ्दैन: मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरू बीच सहमति भएको बताएका छन् ।

आइतबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए । भाद्र १२ गते सम्ममा कोशी प्रदेशमा नेपाली कांग्रेसको पनि सहभागिता सहितको सरकार विस्तार भई सक्ने उनले बताए । उनले बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे ।

मुख्यमन्त्री कार्कीले कांग्रेसले मन्त्रीको नाम सिफारिस गर्ने बित्तिकै सरकारले पूर्णता पाउने जानकारी दिए । कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालय मध्ये मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय एमालेले लिने र बाँकी ४ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भइसकेको उनले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका