जोडिनुहोस
  • होमपेज
  • रोपाइँ जात्रा मनाउन रेसुंगामा भोलि सार्वजनिक बिदा

रोपाइँ जात्रा मनाउन रेसुंगामा भोलि सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत साउन १४ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिएको जनाएको छ ।

रोपाइँ जात्रा कार्यक्रमलाई सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक विदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गुल्मी सदरमुकाम तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वर्षौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका