जोडिनुहोस
  • होमपेज
  • ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू

ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू

सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र आफूविरूद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएका छन् । गौराको शुभकामना दिन मञ्चमा उक्लिएको बेला पनि नाराबाजी भएपछि देउवाले आक्रोश पोखेका हुन् ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन देउवासँगै पुगेका प्रधानमन्त्री ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको थियो । गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी त्यसलाई लिएर देउवाले मञ्चबाटै आपत्ति जनाउँदै आक्रोश पोखेका हुन् ।

‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज सरम छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालीको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरूलाई न खेल्न दिएका छन् । कार्यक्रम बिथोल्न पछाडि बसे र जथाभावी बोलेका छन् ।’

त्यसक्रममा देउवाले मुलुकको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । चाडपर्वले देशलाई सबै भागका जनतालाई जोड्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले पनि उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण सद्‍भाव रहेको उल्लेख गरे ।

‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका