जोडिनुहोस
  • होमपेज
  • ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने

काठमाडौं– ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् ।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणमा हिजो काठमाडौं आइपुगेका विदेशमन्त्री हमाले दिउँसो १ बजे प्रधानमन्त्री ओली र ३ बजे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि बिहान ११ बजे होटल सोल्टीमा दुई देशका समकक्षीबीच छलफल हुनेछ ।

नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने तथा श्रम सम्झौताका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । विदेशमन्त्री हमाद आजै साँझ ओमान फर्किने कार्यक्रम रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका