जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई रघुजीको सुझाव : प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्

प्रचण्डलाई रघुजीको सुझाव : प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान पढ्न सुझाव दिएका छन् । सांसद पन्तले संविधानले दिएको पद पनि तपाईंहरूनै राख्नुस् भन्दै दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै यस्तो सुझाव दिएका हुन् ।

“तपाईंले यो प्रतिपक्षी दलको नेता पनि तपाईंहरू नै राख्नुस् भन्नुभयो । संविधान त पढ्नुस् नेताज्यू,” पन्तले भने, “तपाईंले दिएर पाउने हो प्रमुख प्रतिपक्षी दलको नेता ? प्रमुख प्रतिपक्षी दलको नेता बन्न मन लाग्दैन भने छेवैमा हुनुहुन्छ जनार्दनजी दिनुभए हुन्छ ।”

उनले प्रधानमन्त्री पद गएको छटपटी किन देखाएको भन्दै प्रश्न गरे । उनले जता सत्ता उतै प्रचण्ड भन्ने तपाईंले नै स्थापित गरेको होइन् भन्दै प्रश्न गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका