जोडिनुहोस
  • होमपेज
  • सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । सुक्खा पहिरोले महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ ।सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भएको छ ।

लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो । पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन् । पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ ।

बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याए पनि ठूलो ढुङ्गा फुटाउन ढुङ्गा फुटाउने स्काभेटर आएपछि मात्र ढुङ्गा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका