जोडिनुहोस
  • होमपेज
  • टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही सोमाबर टुँडिखेलमा सत्तारुढ दलका शीर्ष नेताहरूविरुद्ध नाराबाजी गरेका युवालाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूको विरोध गर्ने युवालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् । सांसद ढकालले ती युवालाई तत्तकाल रिहा गरिनुपर्ने बताए । अराजक शैलीको बहानामा सरकारले ती युवाहरूलाई नियन्त्रणमा लिएर गलत गरेको उनले बताए ।

‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैलीको बाहनामा सरकारले ती युवालाई हिरासतमा राखेको रहेछ, यो विल्कुल गलत भएको छ’, उनले भने, ‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेका थिए । जसलाई राज्यले सुन्नसक्ने धैर्यता राख्नुपर्छ । युवाहरूले सिंहदरबारभित्रका बेइमानलाई खबरदारी गर्दा यसरी समात्न पाइँदैन । म तत्काल रिहा गर्न माग गर्छु ।’

सामाजिक सञ्जालमा लेखेकै भरमा देशभरका विभिन्न ठाउँका युवाहरूलाई पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए । अन्तिम समयमा कमिलाको पनि प्वाँख पलाउने बताउँदै सरकारले रवैया त्यस्तै हुँदै गएको जिकिर गरे ।

‘हामी पनि यस विषयमा संवेदनशील छौं । सरकारले यो विषयमा रवैया देखाए कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई ध्यानाकार्षण गराउन चाहन्छु, गौराको अवसरमा त्यहाँ आएका युवालाई समात्ने हो भने टुँडिखेलका युवा सबै समात्नुपर्छ । क्यामेराले भेटेको, देखेको थिएन होला रु के गर्नुहुन्छ रु युवालाई त्रसित नबनाउनुस’, ढकालले भने ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध आपत्तिजनक शब्दसहित युवाहरूले नारा लगाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका