जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई गगनको सुझाव :‘आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस्’

प्रचण्डलाई गगनको सुझाव :‘आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस्’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आवेग र उत्तेजनताको राजनीति नगर्न सुझाव दिएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउन पाउने अधिकार भए पनि प्रचण्ड बहकिएको बताए । उनले भने, ‘प्रतिपक्षमा बस्दै गर्दा पनि सिस्टमको अपोजिसन होइन, सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ, गरिरहेको छ । गरेन भने हामी छौं । विपक्ष दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नु पर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनु हुन्न कि आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्छ । आफैंलाई जलाउन सक्छ, बाल्न सजिलो छ, निभाउन गाह्रो छ ।’

सरकारमाथि प्रश्न उठाउनु प्रतिपक्षको मुख्य काम नै भएको बताए । तर, प्रचण्डले बोल्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै सरकारलाई चेृतावनी दिएकोप्रति आपत्ति जनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका