जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या घटनामा पक्राउ परेका व्यक्ति बबी सिंह

अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या घटनामा पक्राउ परेका व्यक्ति बबी सिंह

काठमाडौं। अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

ह्युस्टन प्रहरीले नेपाली समय अनुसार बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबी सिंह साह भएको बताएको छ। उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट ९सीसी० टीभी फुजेटमा देखिएको तस्बिर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो। यसको २४ घण्टा नबित्दै प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो। ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसीटीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति साह नै थिए।

शाहलाई बुधबार अपरान्ह ह्युस्टनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको हो। प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन। हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताएको छैन। मृतक युवती र साहबीच चिनजान कसरी भएको थियो भन्ने पनि खुलेको छैन।

२१ वर्षीया पाण्डेको अमेरिकी समयअनुसार, सोमबार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका