जोडिनुहोस
  • होमपेज
  • सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन

सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन् ।

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रूपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरू नै अस्थिरताको प्रमुख कारक भएको बताएका हुन् ।

उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे ।

लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुक माथि उठ्न नसकेको बताए ।

अव पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआउने हो भने देश दीर्घकालीन निराशाको खाडलमा जाने र जस्तोसुकै अराजकता उत्पन्न हुने उनको भनाइ छ ।

उनले अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा जोड दिए । लिङ्देनले अहिलेको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठिक ढंगले आफूलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

राप्रपा पनि निष्क्रिय भए देशका लागि दुर्भाग्य हुने उनले बताए । उनले सदनमा राप्रपाले ठिक ढंगले आफ्नो काम गरिरहेको जिकिर गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका