जोडिनुहोस
  • होमपेज
  • टोखामा जुवातास खेलिरहेका ९ जना पक्राउ

टोखामा जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौँ । टोखा नगरपालिका-९ दिपज्योतीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जना पक्राउ गरेको छ ।

मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रुपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका