जोडिनुहोस
  • होमपेज
  • गैँडाको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु, दुई घाइते

गैँडाको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौं :  बर्दियामा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अरू दुईजना घाइते भएका छन्।

शुक्रबार बिहान जिल्लाको मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वन (बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका) मा गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमणमा मृत्यु हुनेमा एकजना नेचर गाइड छन् Nature Guide। साथै विदेशी नागरिक (अमेरिकी) एकजना सहित दुई जना घाइते भएका छन्।

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भई रहेको र निज खतरामुक्त रहेको तथा अर्का घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका