जोडिनुहोस
  • होमपेज
  • एमाले-कांग्रेस गठबन्धन भ्रष्टाचारी जोगाउन बनेको हो : प्रचण्ड

एमाले-कांग्रेस गठबन्धन भ्रष्टाचारी जोगाउन बनेको हो : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले संविधान संशोधनको विरोधी आफुहरु नभएको भन्दै समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन भने हुन नसक्ने बताएका हुन् ।

जनताले पाएको अधिकार उल्ट्याउने गरी र समानुपातिक र समावेशी प्रणालीलाई राष्ट्रिय सभामा लाने गरि संशोधन गर्न खोजिए सहमत हुन नसकिने उनको भनाइ छ । प्रचण्डले जनताले पाएको अधिकार अझै थप्ने गरी गरिने संविधान संशोधनमा आफुहरुको सकारात्मक समर्थन नै हुने तर्क गरे ।

त्यस्तै उनले अहिले माओवादीको ध्यान सरकार बनाउनेतर्फ नरहेको र नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्म जारी राखे आफुहरुलाई पार्टीसुदृढ र संगठित गर्न सजिलो हुने धारणा राखे । अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनको सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि निर्माण भएको आरोप समेत लगाए ।

उनले आफुले देशलाई बंगलादेश बनाउछु भनेर कहिल्यै नभएको बताउदै वर्तमान गठबन्धनले दुइ तिहाईको दम्भ र अहंकार देखाए जनताले बंगलादेशको परिस्थिति ल्याउन सक्ने तर्फसचेत गराएको स्पष्ट पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका