जोडिनुहोस
  • होमपेज
  • खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : देउवा

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पारालम्पिकमाकांस्य पदक विजेता पलेशागोवर्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरूको सम्मान गर्न सक्नुपर्ने बताए ।

उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको पनि बताए । सभापति िदेउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै पलेशाको प्रशंसा गरे ।

“पलेशागोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरूको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्,” देउवाले भने ।

कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशालाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका