जोडिनुहोस
  • होमपेज
  • इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे

इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् ।

सोमबार इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । त्यसै गरि मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । उनले इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीन वटै तहका सरकारको समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । इन्द्रजात्रा आगामी असोज एक गते मनाइने भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका