जोडिनुहोस
  • होमपेज
  • असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई एमालेको निर्देशन

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई एमालेको निर्देशन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई काठमाडौं नछोड्न निर्देशन दिएको छ । आज (मंगलबार) एमालेले ३ असोजसम्म काठमाडौं नछोड्न निर्देशन दिएको एक सांसदले बताए । ती सांसदका अनुसार महत्वपूर्ण विधेयकहरू पास गर्नुपर्ने र सँगसँगै बर्खे अधिवेशन अन्त्य पनि गर्नुपर्ने भएकाले काठमाडौंमै रहन निर्देशन दिइएको छ ।

‘संसदमा विधेयकहरू पारित गर्नुपर्नेछ । सँगसँगै बर्खे अधिवेशनको पनि अन्त्यमा रहेकाले काठमाडौंमै रहनुहोला भन्ने निर्देशन आएको छ,’ ती सांसदल सुनाए । सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्मा बहुमत नहुँदा निर्णय गर्न अप्ठ्यारो पर्ने भएकाले उपसभामुख रानालाई हटाउनु पर्ने प्रस्ताव गरेका हुन् । रानालाई प्रक्रिया पु¥याएर हटाएर उपसभामुख कांग्रेसलाई दिने प्रधानमन्त्री ओलीको तयारी छ । उपसभामुख रानालाई हटाउने प्रधानमन्त्री ओलीको प्रस्तावमा कांग्रेसले पनि समर्थन जनाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका