जोडिनुहोस
  • होमपेज
  • उपसभामुख रानालाई मार्गप्रशस्त गर्न सरकारको निर्देशन्

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न सरकारको निर्देशन्

काठमाडौं । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई कूटनीतिक मर्यादाविपरीत पत्राचार गरेको र पदअनुकूल नभएको कारण राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ। उपसभामुख रानालाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न सरकारले आग्रह गरेको जानकारी दिए । वास्तवमा मार्गप्रशस्त गरेर नैतिकतायुक्त व्यवहार प्रदर्शन गर्ने कुरा बढी हितकर हुन्छ। उहाँले जति ढिला गर्नुहुन्छ, त्यति नै समस्या बढ्दै जान्छ,’ बर्तौलाले बताए ।

प्रमुख सचेतक बर्तौलाले संसद्को गरिमालाई ध्यानमा नराखेर नियतवश उनले दूतावासमा पत्राचार गरेकाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । रास्वपाबाट उपसभामुख बनेकी रानालाई हटाउने सत्तारुढ गठबन्धनको तयारी तयारी गरेपछि रास्पाले सरकारको आलोचना गर्दै उनको बचाउमा लागेको छ।

संसदले संसदीय मर्यादा कायम राख्ने कुरामा सरकार पक्ष जिम्मेवार भएकाले संसदीय मर्यादामा ठेस पुग्ने काम भएकाले उपसभामुख रानाको कार्य गैरकानुनी भएको सत्ता तथा प्रतिपक्षका नेताहरुले बताउँदै आएका छन् ।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई हटाउने तयारी गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो प्रस्ताव सत्ता गठबन्धनको सोमबारको बैठकमा राखेका थिए।

बर्तौलाले भने, नियतवश गरिएको पद आचरणविपरीतको गतिविधि हो। संसद्को गरिमा जोगाउनुपर्ने महत्त्वपूर्ण व्यक्तिले कूटनीतिक मर्यादा विपरीत रहेर अन्तर्राष्ट्रिय क्षेत्रमा संसद्को गरिमालाई ध्यानमा नराखेर पत्राचार गर्ने कुरा, अनधिकृत मान्छेलाई स्वीकृति नलिई, संसदलाई जानकारी पनि नगराई यो जे गरियो, यो ब्लन्डर हो।’ रानाले उपसभामुखको हैसियतले पाँचजना नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्राचार गरेको विषय केही समयअघिदेखी विवादितमा आएको हो । उक्त विषयमा सडकदेखी सदनसम्म आलोचना भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका