जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे

प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमाथि अर्को आरोप लगाएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समाजवादी अध्यक्ष नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरेको आरोप लगाएका हुन् । बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका हुन् । पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म खाली नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेर गएको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने जिकिर गरे ।

‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरू अध्यक्ष भए’, उनले भने, ‘पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्ति जस्तो ठानेर बसे । पुष्पलालजी फुट्नु भएको हो र रु पार्टीबाट माधव नेपाल पो फुटेको हो । पुष्पलाल स्मृति प्रतिष्ठान बोकेर लिएर जाने रु’

उनले स्वर्गीय सुवास नेम्वाङको नाममा नयाँ प्रतिष्ठान बनाउने बताए । नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्श पछ्याउन प्रतिष्ठान आवश्यक रहेको उनले बताए ।

‘उहाँको स्मृतिलाई ताजा राख्न र उहाँको सम्झनामा, उहाँका आदर्श पछ्याएर काम गरिरहन सुवासजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं’, उनले भने ।

नेताहरूका नामा खोलिएको प्रतिष्ठान उनीहरूको आशर्द, विचार, उनीहरूले हिँडेको बाटो, आचरण, व्यबहारअनुरुप नयाँ पुस्ता चल्नुपर्ने उनले बताए । अहिले निष्कृय प्रतिष्ठानहरूलाई पनि सक्रिय बनाउने बचन उनले दिए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका