जोडिनुहोस
  • होमपेज
  • ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे हाे।

प्रधानमन्त्री ओलीकाे आह्वानमा देउवा र प्रचण्ड बालुवाटारमा पुगेका हुन्।

भेटमा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

साथै सत्ता गठबन्धन दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाे बेला तीन नेताबीचकाे भेटलाई अर्थपूर्ण हेरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका