जोडिनुहोस
  • होमपेज
  • नेपालमा साहसिक खेलको प्रचुर सम्भावना : राष्ट्रपति

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताएका छन् ।

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौं आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आग्रह गरे ।

 राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।”

हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाएको उनले बताए । नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । उजले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआईपीएस एसियाले असल परम्परा स्थापित गरेको बताए । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका