जोडिनुहोस
  • होमपेज
  • संस्कृति जोगाऔँ, प्राकृतिक स्रोतको सन्तुलित उपयोग गरौँ : राष्ट्रपति

संस्कृति जोगाऔँ, प्राकृतिक स्रोतको सन्तुलित उपयोग गरौँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक संस्कृति र परम्परा संरक्षण गर्दै प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्नुपर्ने बताएका छन्।

इन्द्रजात्राका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले ले शताब्दीयौँदेखि प्रचलनमा रहेका मौलिक पर्वलेप्राचीन सभ्यता र संस्कृति जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यो पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको उल्लेख गरेका छन्।

‘मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता साँस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु’, शुभकामना सन्देशमा उनले भनेका छन्।

राष्ट्रपति पौडेलले सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका