जोडिनुहोस
  • होमपेज
  • एन्फा महिला लिग : एपीएफसँग संकटा ३-० गोल अन्तरले पराजित

एन्फा महिला लिग : एपीएफसँग संकटा ३-० गोल अन्तरले पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एपिएफलाई जित दिलाउन सरु लिम्वुले खेलको १३ औ मिनेट, अनिता केसीले ५० र सविता राना मगरले खेलको ६४ औं मिनेटमा गोल गरेकी थिइन् । जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपिएफ तालिको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको ५ अंक रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका