जोडिनुहोस
  • होमपेज
  • उपसभामुख रानासहित सातजना विरुद्ध युवराज सफलले दिए गृहमा उजुरी

उपसभामुख रानासहित सातजना विरुद्ध युवराज सफलले दिए गृहमा उजुरी

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित सातजना विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

युवराज सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, डीपी अर्याल, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, अर्याल रास्वपाका उपसभापति, गुरुङ नेपाली कांग्रेसका उपसभापति र बस्नेत नेकपा माओवादी केन्द्रका नेता हुन् । सांसद भट्टराई नेकपा एमालेका सचिव र पोखरेल एमालेकै नेता हुन् । उनी सार्वजनिक लेखा समितिका सभापति छन् ।

उजुरीकर्ता सफलले उपसभामुख रानामाथि मानव तस्करी तथा बेचबिखनको आरोप लगाएका छन् । उनले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोग तथा ठगीसम्बन्धी मुद्दामा छानबिन गरेर कारबाही गरिनुनर्पे उजुरीमा उल्लेख गरेका छन् ।

यस्तै कांग्रेस उपसभापति गुरुङमाथि उनले रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले सचिव भट्टराईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको छानबिन गर्नुपर्ने सफलको उजुरीमा उल्लेख छ ।

उनले एमाले सांसद बस्नेत, रास्वपा उपसभापति अर्याल र सार्वजनिक लेखा समिति सभापति पोखरेलले सहकारी ठगी गरेको दाबी उजुरीमा गरेका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका