जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा एकै दिन बढ्यो १५ सय

सुनको मूल्य तोलामा एकै दिन बढ्यो १५ सय

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका