जोडिनुहोस
  • होमपेज
  • डेढ करोडमा बनेको पशु अस्पताल सञ्चालनमा आएन

डेढ करोडमा बनेको पशु अस्पताल सञ्चालनमा आएन

नवलपरासी : सुनवल‐२ रजहवामा एक करोड ५१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छैन। ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको दुई वर्ष भइसकेको छ। जनप्रतिनिधिबीच प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे कुरा नमिलेपछि अस्पताल प्रयोगमा नआएको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो उनले गरे।

‘अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ। दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको छ’, उनले भने, ‘संघीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउण्डभित्र झारपात उम्रेर जंगल जस्तै बनेको छ।’

सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुननसक्दा केही समस्या रहेको बताए। उनले यहाँ देखिएका समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका