जोडिनुहोस
  • होमपेज
  • संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा राणा न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा राणा न्यूयोर्कमा

काठमाडौं । । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा . आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छिन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क पुगेकी हुन् ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क पुगेकी हुन् ।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउनु हुनेछ । उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका