जोडिनुहोस
  • होमपेज
  • चन्द्राको ह्याट्रिकपछि वालिङमाथि आर्मीको फराकिलो जित

चन्द्राको ह्याट्रिकपछि वालिङमाथि आर्मीको फराकिलो जित

काठमाडौं । चन्द्रा भण्डारीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा मंगलबार वालिङ नगरपालिकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीलाई जिताउन चन्द्र भण्डारीले ४२ औं, ५४ औं र ७३ औं मिनेटमा गोल गरिन् । विमला विकले ३८ औं र ९० औं मिनेटमा तथा अमिशा कार्कीले ६१ औं र ७१ औं मिनेटमा गरी २/२ गोल गरे । वालिङकी खेलाडी फतुमाले एक आत्मघाती गोल गरिन् ।

जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका