जोडिनुहोस
  • होमपेज
  • साउन महिनामा १ खर्ब ३७ अर्बको रेमिट्यान्स भित्रियो

साउन महिनामा १ खर्ब ३७ अर्बको रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी विप्रेषण (रेमिट्यान्स) बापत १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आव २०८१-०८२ को पहिलो साउन महिनामा विदेशबाट १ खर्ब ३७ अर्बको रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका