जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर शाहीमाथि अनुसन्धान शुरू

महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर शाहीमाथि अनुसन्धान शुरू

ललितपुरको महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि अनुसन्धान शुरू भएको छ ।इन्स्पेक्टर शाहीले एक जना व्यक्तिलाई पक्राउ गरेर लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएर छानबिन गर्न समिति गठन गरेको हो । इन्स्पेक्टर शाहीले त्यो पैसा आफन्तको खातामा हाल्न लगाएको आरोप छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि घिमिरेको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ । ललितपुर प्रहरीले यो घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका