राशिफलः आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल
मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रमा भने तपाईंले गरेको लगानी फस्ने जोखिम छ। संकटमा परिवारले सकारात्मक साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृषः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। दुःखमा साथी र बन्धुको साथ मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध कसिलो बन्ने योग छ। राज्यको सेवामा हुनुहुन्छ भने बढुवा हुनेछ।
मिथुनः ग्रह गोचर शान्त र सहज छन्। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषिमा लगानी गरेमा ठुलो आम्दानी हुनेछ। सम्मान प्राप्त हुने दिन छ। समाजसेवामा प्रशंसा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।
कर्कटः तपाईंको राशिमा उच्च गतिको प्रकाशमा चन्द्रमा चलेकाले समाजमा मान र प्रतिष्ठा बढ्नेछ। पुराना साथीले महत्त्वपूर्ण सहयोग गर्नेछन्। आज तपाईंले भूमि सम्बन्धी कारोबार नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।
सिंहः तपाईंको बोलीको प्रभावले राम्रा राम्रा काम बन्नेछन्। परोपकार गर्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा एकपछि अर्को फाइदा र उन्नति हुनेछ। शिक्षामा गरेको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।
कन्याः आज तपाईंसामू धेरै अवसर प्राप्त हुनेछन्। धार्मिक चर्चा र परिचर्चाले मन शान्त र हलुका हुनेछ। राज्यका विसंगतीको समीक्षा गर्ने अवसर मिल्नेछ। निजी क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।
तुलाः आज बोलीमा मोहनी रहेको छ। कला र गलाको प्रशंसा हुनेछ। कला देखाएर आम्दानी हुनेछ। खानपान र व्यायाममा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्ने योग छ।
वृश्चिकः दिन राम्रो छ। दैनिकी सहज र शान्त रहेको छ। श्रमको उचित मूल्यांकन हुनेछ। मुल त्रिकोणमा चन्द्रमा रहेकाले मनमा नयाँनयाँ र सिर्जनात्मक भाव आउने छन्। आफूले आफूलाई माया गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ।
धनुः धेरै ठाउँमा तपाईंले आलोचनाको सामना गर्नुपर्नेछ। तपाईंले गरेको र्सघर्ष र श्रमको मूल्य प्राप्त हुनेछ। आफ्नो लागि श्रम गर्नुपर्नेछ। परिवारमा मात्र लगानी गर्नु गलत हुनेछ। लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो होला।
मकरः सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नेछ। शिक्षाको लगानीबाट भने फाइदा हुनेछ। सानो कुराले परिवारमा विवाद बढ्ने भएकाले थोरै बोलेर व्यवहार गर्नु राम्रो हुनेछ।
कुम्भः दिन सामान्य छ। मन अशान्त बन्ने देखिन्छ। परिवारमा झन्झट आइपर्ने समय छ। शुभग्रहको पहुँच भएकाले लगानीका क्षेत्रबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछन्। स्वास्थ्यमा ख्याल गरेर अगाडि बढ्नु राम्रो हुनेछ।
मीनः श्रम गरेको क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन शान्त बन्नेछ।