जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे

संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् ।

बुधवार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका छन् । मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे ।

उनले भने, ‘दुई वटा ठुला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। देशको दूरगामी परिवर्तन र सङ्कटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौँ। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ। ०८४ मा एमाले र काङ्ग्रेसबिच नै प्रतिस्पर्धा हुन्छ उहाँले भन्नु भयो,संविधान संशोधन गर्नुपर्ने छ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन। राष्ट्रको हितका पक्षमा नेकपा माओवादी, राप्रपा, रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरुरी छ।’

उनले १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नु पर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशिता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताए । मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने,संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरुरी रहेको औँल्याए । त्यसैगरी उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिए ।