जोडिनुहोस
  • होमपेज
  • सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन

सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन

काठमाडौँ । गृह मन्त्रालयले अलपत्र नागरिकहरूको उद्धार गर्न ३ वटा जिल्लामा हेलिकप्टर परिचालन गरेको छ । खोज तथा उद्धारका लागी सिन्धुली, काभ्रे र मकवानपुरमा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

सिन्धुलीको दुम्जा स्थित कुशेश्वर महादेवको मन्दिरमा अध्ययन गर्ने बटुकहरू सहित ३० जना अलपत्र परेका छन् । एकातिर रोशीखोला र अर्कोतर्फ सुनकोशीको बहावको बिचमा उनीहरू अलपत्र गरेको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै छ ।

मौसम सुधार भएपछि हेलिकप्टर परिचालन गरिएको हो । विपद्मा परेकाहरूको उद्धार गर्न २० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका