जोडिनुहोस
  • होमपेज
  • आजबाट सुकिला नोट साट्न पाइने

आजबाट सुकिला नोट साट्न पाइने

काठमाडौं– दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ ।

राष्ट्र बैंकका अनुसार सुकिला नोट आजदेखि असोज २२ गतेसम्म साट्न पाइनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र सबै प्रदेशका कार्यालयहरूमा साट्न पाइने जनाइएको छ । साथै, सबै बैंक तथा वित्तीय कार्यालयहरूमा पनि नोट साट्न पाइने व्यवस्था मिलाइएकाले पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका