जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका