जोडिनुहोस
  • होमपेज
  • झ्याप्लेखोला पहिरोबाट निकालियो ११ शव, उद्धार जारी

झ्याप्लेखोला पहिरोबाट निकालियो ११ शव, उद्धार जारी

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट ११ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।

उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । अहिलेसम्म ११ शव फेला परेको प्रहरीले जनाएको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।

उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका