जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • पाकिस्तान र अफगानिस्तान सीमा सेनाबीच गोली हानाहान भएपछि सिमा नाका बन्द

पाकिस्तान र अफगानिस्तान सीमा सेनाबीच गोली हानाहान भएपछि सिमा नाका बन्द

पेशावर– पाकिस्तान र अफगानिस्तानका सेनाहरूले तोर्खाम सीमामा गोलीबारी गरेपछि सिमा नाका बन्द भएको एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

पाकिस्तानमा आधारित मिडिया आउटलेटले गोलीबारी सुरु भएपछि खैबर पासको व्यस्त सीमा क्षेत्र वरपरका मानिसहरू भागेको बताए।

तालिबान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर अहिलेसम्म कुनै हताहत नभएको क्षेत्रका सुरक्षा अधिकारीहरूले बताएका छन्।

पािकस्तान र अफगानिस्तानबीच २६०० किलोमिटर सिमा विवाद रहँदै आएको छ ।

हालैका वर्षहरूमा सिमा नाका धेरै पटक बन्द गरिएको छ, फेब्रुअरीमा भएको बन्दका कारण हजारौं ट्रकहरू सिमाना धेरै दिनसम्म फसेका थिए।

यो वर्षको अन्त्यसम्ममा आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यले गति लिएकाले तोर्खामको पाकिस्तान—अफगानिस्तान सीमामा रहेको जग्गा अधिग्रहणको विवाद जारी रहेको डनले जनाएको छ।

तोरखाम नाकामा सयौं स्थानीयको जीविकोपार्जन व्यापार व्यवसायसँग जोडिएको छ । उनीहरूले नयाँ सीमा नीतिका नाममा केही सरकारी विभागले आफ्नो वैधानिक आम्दानीबाट वञ्चित गरेको दाबी गरेका छन् ।

उनीहरुले सीमाका दुबै छेउमा बसोबास गर्ने स्थानीय जनजातिको वैधानिक सहजताको हक हनन भएको भिसा नीतिको कार्यान्वयनका कारण हजारौं स्थानीय मजदुर र भरिया बेरोजगार भएको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्