जोडिनुहोस
  • होमपेज
  • रास्वपाले भन्यो : छविलाल जोशीलाई प्रक्रिया नपुर्‍याई समातियो

रास्वपाले भन्यो : छविलाल जोशीलाई प्रक्रिया नपुर्‍याई समातियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व डीआइजी छविलाल जोशीलाई सरकारले पक्राउ गर्दा प्रक्रिया नपुगेको बताएको छ । आइतबार केन्द्रीय समिति बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जोशीलाई कुन आधारमा पक्राउ गरेको भन्दै प्रश्न गरे ।

‘छविजीलाई जुन प्रक्रियाले पक्रेको छ त्यसको विरोध छ प्रक्रिया मिलेन । कुन आधारमा पक्रेको हो‚’ उनले भने‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यमले लेखिदिन्छ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚ड्यामेज हाम्रो भएको हुन्छ ।’

उनले रवि लामिछानेको विषयमा पनि पक्रिया पुरा गरेर आए सरकारलाई सहयोग गर्न रास्वपा तयार नै रहेको पनि बताए । ‘प्रक्रियागत रूपमा अघि आए हामी सहयोग गर्न तयार छौँ । योभन्दा अघि पनि स्टुडियोमा गएर समातेको हो । नागरिकताको पद जाँदै गर्दा पनि हामी चुप लागेर उपनिर्वाचनको तयारीमा जुटेका हौँ‚’ उनले भने‚ ‘यसपटक पनि हामी तयार छौँ तर‚ सरकार प्रक्रिया पुर्याएर आउनुपर्छ । एउटा अनलाइनले लेखेको भरमा पक्राउ गर्ने कुरा हुँदैन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका