जोडिनुहोस
  • होमपेज
  • अलपत्र पर्यटकलाई सहजीकरण गर्न मन्त्रीको नौबुँदे निर्देशन

अलपत्र पर्यटकलाई सहजीकरण गर्न मन्त्रीको नौबुँदे निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धारका निम्ति मातहत निकायलाई नौबुँदे निर्देशन जारी गरेका छन् । शनिबार सम्बन्धित निकाय र पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख र प्रतिनिधिसँग आकस्मिक बैठक राखेर उनले नौबुँदे निर्देशन जारी गरेका हुन् ।

मन्त्री पाण्डेले आन्तरिक उडानका कारण अन्तर्राष्ट्रिय उडान छुटेकाहरूलाई टिकटको मिति सारिदिन र अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएका छन् । उनले बाढीपहिरोका कारण आतिरिक्त समय बस्ने पर्यटकलाई सहजीकरण गर्न होटेल व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने, हेलिकोप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकोप्टरहरू र र्‍याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राख्नेलगायत निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका