जोडिनुहोस
  • होमपेज
  • आज साँझसम्म पाँच राजमार्ग सुचारु हुने

आज साँझसम्म पाँच राजमार्ग सुचारु हुने

काठमाडौँ । आज साँझसम्म काठमाडौँ जोड्ने ५ राजमार्ग सुचारु हुने भएको छ । त्रिभुवन राजमार्ग, पृथ्वी, अरनिको र कान्ति राजमार्ग सुचारु गरिने सडक विभागका योजना महाशाखा प्रमुख तथा सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।

‘यी पाँच राजमार्गमा अहिले मर्मतको काम भइरहेको छ । त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग पूर्ण रूपमा, अरनिको बाह्रबिसेसम्म र कान्ति राजमार्ग बागमती पुलमा बाहेक अरू स्थानमा सुचारु हुन्छ,’ उनले भने ।

यस्तै देशैभरका सबै राजमार्ग मर्मत सम्भार गरी छिटोभन्दा छिटो यातायात सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका