काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।
अनेरास्ववियुले सोमबार काठमाडौंमा गरेको ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएर ठूलो क्षति भएको बताएका छन् ।
दाहालले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे ।चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्ड पनि मर्मत गरिने बताए ।उनले चाडवाडमा हवाई भाडा निकै महंगो देखिएकाले नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताए ।
यात्रुहरूलाई सहज रुपमा यात्रा गराउन प्रभावकारी रुपमा अनुगमन गरिने दाहालले जानकारी दिएका छन् ।