जोडिनुहोस
  • होमपेज
  • मान्छेले विरोधका लागि विरोध गरे : ओली

मान्छेले विरोधका लागि विरोध गरे : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको दाबी गरेका छन्। उनले केही मान्छेहरूले सरकारले प्रभावकारी उद्धार गर्न सकेन भनेर विरोधका लागि विरोध मात्रै गरेको समेत आरोप लगाए।

अमेरिकाबाट स्वदेश आइपुगेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ।’

जवाफका क्रममा प्रधानमन्त्री ओलीले बाढी पहिरो जस्ता विपद्‌का घटनाहरू म आएँ भन्दै नआउने र जतिसुकैबेला पनि पर्न सक्ने बताए। यस्तो बेलामा सरकारले गर्ने भनेको उद्धार व्‍यवस्थापन र राहतका कार्यक्रम रहेको र जुन सरकारले गरेको उनले बताए।

४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्। नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उनको निकै आलोचनासमेत भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help