जोडिनुहोस
  • होमपेज
  • एमसीसीका प्रमुख कार्यकारीसँग परराष्ट्र मन्त्रीको भेटवार्ता

एमसीसीका प्रमुख कार्यकारीसँग परराष्ट्र मन्त्रीको भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ ।

भेटघामा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसीसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डीसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसीसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसीसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका