जोडिनुहोस
  • होमपेज
  • सरकारी राहत कोषमा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने

सरकारी राहत कोषमा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं- नेकपा (एमाले) शनिबारको बाढीपहिरो पीडितलाई राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय लिएको छ ।

हनुमानथानस्थित होटल बसेरामा मंगलबार बसेको सचिवालय बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवामा लाग्न आव्हान गरेका छन् ।

भीषण बाढीका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थि होटल बसेरामा बसेको हो । यही शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय यो वर्ष दोस्रो पटक डुबानमा परेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका