जोडिनुहोस
  • होमपेज
  • तुरुन्तै लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

तुरुन्तै लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

बढ्दो द्वन्द्व र अशान्तिबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिला मन्त्रालयले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्न विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी)ले एयरलाइन्ससँग समन्वय गरिरहेको जनाएको छ ।

पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वबीच अष्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्न सरकारको बारम्बार चेतावनी दिइरहेको छ ।

लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केही समय धैर्य गर्न आग्रह गरेको छ । क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका